अफगानिस्तान केन्द्रविन्दु भएर भूकम्प : पाकिस्तानमा पनि क्षति, भारतमा समेत धक्का

बुधबार, चैत ८, २०७९

काठमाडौँ– अफगानिस्तानमा भूकम्प गएको छ । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएराति भूकम्प गएको हो ।

भूकम्पमा परी कमतीमा पाँच जना मानिसको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यस्तै, करिब ५० जना घाइते भएका छन् ।

अफगानिस्तानको जर्म सहरभन्दा करिब ४० किलोमिटर दक्षिण–पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

भूकम्पको कडा झड्का पाकिस्तानमा पनि गएको छ ।

उत्तरी पाकिस्तानमा दुई बच्चासहित पाँच जनाको मृत्यु भएको सिएनले जनाएको छ । साथै, ४१ जना घाइते भएका छन् । 

भूकम्पको धक्का भारतमा पनि भएको छ । राजधानी नयाँ दिल्ली, राजस्थान, जम्मु काश्मीर र उत्तर प्रदेशका विभिन्न ठाउँमा धक्काको महसुस गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्