नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल आउट

बिहीबार, चैत २, २०७९

काठमाडौं–युएईविरुद्ध ३११ रनको बिशाल लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो  विकेट गुमाएको छ । पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाए पछि थप ३० रन बनाउँदा तेस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल सातौ ओभरको पाँचौ बलमा १६ रन बनाएर आउट भए । उनले २५ बलमा ३ चौका प्रहार गरे । 

पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शुन्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए ।

यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्