राइटपाथ करियर काउन्सिलिङले भोलि एजुकेशन कन्क्लेभ गर्दै
चितवन- शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङ चितवनले भोलि ग्राण्ड एजुकेशन कन्क्लेभ गर्ने भएको छ ।
उक्त कन्क्लेभ राइटपाथको लायन्सचोकस्थित आफ्नै कार्यालयमा हुने बताइएको छ । राइटपाथले उच्च शिक्षाका लागि विदेश जाने चाहने विद्यार्थीहरुलाई विगत ६ वर्षदेखि चितवनबाट सेवा दिँदै आएको छ ।
कन्क्लेभमा एप्लिकेशन प्रोसेसिङमा सतप्रतिशत अफर, फिल्मको निःशुल्क टिकट र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रबन्ध निर्देशक सुरज पौडेलले जानकारी दिए । अमेरिका, क्यानडा, युके र अष्ट्रेलिया लगायतका विभिन्न विश्वविद्यालयहरुको आकर्षक छात्रवृत्तिको व्यवस्थाका साथै छ हजार रुपैयाँ लाग्ने आईएलटिएस परीक्षा दुई हजार ८१ रुपैयाँमै गरिने उनले बताए ।
कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीहरुले एउटै छानामुनि भेट्न पाउनेछन् । युनिभरसिटीका प्रतिनिधिबाटै विद्यार्थीले चाहेजति जानकारी लिन पाउने भएकाले कन्क्लेभको आयोजना गरिएको उनी बताउँछन् । यस कार्यक्रमले विद्यार्थीको रिसर्चमा समेत मद्धत पुग्ने विश्वास लिइएको छ ।
विद्यार्थीलाई परीक्षाको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्धेश्यले पनि कन्क्लेभ आयोजना गर्न लागिएको राइटपाथका व्यवस्थापक गोविन्द सापकोटाले जानकारी दिए । उक्त कन्क्लेभमा राइटपाथकी ब्राण्ड एम्बेस्टर मिस नेपाल २०१६ अस्मी श्रेष्ठ र गायिका अञ्जु पन्त समेत सहभागी हुने सापकोटाले बताए ।
कार्यक्रममा विद्यार्थी र अभिभावकहरुले उनीहरुसँग भलाकुसारी पनि गर्न पाउने छन् । राइटपाथको एजुकेशन कन्क्लेभ आज हेटौंडामा हुँदै छ । यसअघि वैशाख २९ गते काठमाडौंँबाट सुरु भएको कन्क्लेभ धनकुटामा पनि सम्पन्न भइसकेको छ ।