Nic Ad Nic Ad
Nic Ad Nic Ad

तार भूमिगत गरिएको क्षेत्रमा बिजुली पोल हटाउँदै प्राधिकरण, इन्टरनेटको तार हटाउन निर्देशन

बिहीबार, जेठ ३, २०८१

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत वितरण प्रणालीमध्ये निर्माण पूरा भएका स्थानमा रहेका पोलहरू हटाउने भएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै भूमिगत विद्युत प्रणाली योजना पूरा भइसकेका उल्लेखित ठाउँका बिजुली पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्नु सरोकारवालालाई निर्देशन दिएको छ ।

पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने भएको र उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युतका पोलहरू क्रमैसँग हटाइने प्राधिकरणले जानकारी दिएको छ ।

‘संरचना एवं उपकरणहरु नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

440828437_1133654037839133_4476669160152702014_n-1715834019.png

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्