च्याम्पियन्स लिग :

लिभरपुलमाथि शतप्रतिशत जित निकाल्दै रियल म्याड्रिड क्वार्टरफाइनलमा

बिहीबार, चैत २, २०७९

काठमाडौँ– प्रि–क्वार्टरफाइनलका दुई लेगमा इंग्लिस क्लब लिभरपुलमाथि शतप्रतिशत जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गएराति घरेलु मैदानमा भएको दोस्रो लेगमा लिभरपुललाई १–० ले हारएपछि रियलले दुवै खेलमा जित हासिल गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो ।

पहिलो लेगमा २–० ले पछि पर्नुका बावजुत रियलले ५–२ को सानदार जित दर्ता गरेको थियो ।

यसरी रियलले समग्रमा ६–२ को फराकिलो जितसँगै अन्तिम ८ मा स्थान पक्का गरेको हो । 

रियलको जितमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ७८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

क्वार्टरफाइनलमा पुगेको रियल च्याम्यिन्स लिग सर्वाधिक १४ पटक जित्ने टोली हो । ६ पटकको विजेता लिभरपुल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।


 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्