इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौँ– इटालियन क्लब इन्टर मिलान १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
‘मिलान डर्बी’ गएराति अर्को इटालियन क्लब एसी मिलानलाई समग्रता ३–० ले हराउँदै ३ पटकको विजेता इन्टर २०१० पछि च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको हो ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लाउटारो मार्टिनेजले गरेको एकमात्र गोलमा इन्टरले ७ पटकको विजेता मिलानलाई १–० ले पराजित गरेको हो । मार्टिनेजले ७५औं मिनेटमा गोल गरेका थिए । पहिलो लेग इन्टरले २–० ले जितेको थियो ।
इन्टरले अब जुन १० मा टर्कीमा हुने फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।
रियल र सिटीबीचको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । यी दुईबीच दोस्रो लेग आज राति हुनेछ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० ०८:०५
प्रतिक्रिया दिनुहोस्