राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

बुधबार, चैत १, २०७९

काठमाडौँ– राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । 

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । 

बैठकमा बैठकमा राज्यका तीन तहबीचको अन्तरसम्बन्ध, समन्वयसम्बन्धी कानुनी व्यवस्था र यसको कार्यान्वयन, समस्या तथा चुनौती र भावी कार्यदिशाका बारेमा छलफल हुने बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०९:४०
प्रतिक्रिया दिनुहोस्