राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

मंगलबार, फागुन ३०, २०७९

काठमाडौँ– राष्ट्रिसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । 

बैठक बिहान ११ः३० बजे समितिको सभाकक्षमा बस्नेछ । 

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट तर्जुमाका सन्दर्भमा वित्तीय हस्तान्तरण, राजश्व बाँडफाँटलगायत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका सिफारिसबारे छलफल हुने बताइएको छ ।

साथै, कार्यान्वयनको अवस्था, संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको वित्तीय संघीयतासम्बन्धी सिफारिसको कार्यान्वयन अवस्था, आव २०८०-८१ को बजेटको प्राथामिकता, वित्तीय हस्तान्तरण, राजश्व परिचालन र खर्चको अनुमान, चालु आवको राजश्व परिचालन तथा खर्चको अवस्थाका बारेमा छलफल हुनेछ । 

छलफलका लागि अर्थसचिव, राष्ट्रिय योजना आयोगका सचिव र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई बोलाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्