सरकारले माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद् घेर्छौं : नरेश कटुवाल

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– उद्योगी तथा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् ।

आइतबार माइतीघर मण्डलामा भेला भएर विभिन्न व्यवसायी तथा उद्यागीहरूले आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताए । 

उनले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकविरुद्ध आफूहरूले आन्दोलन गरेको बताए । सरकारले व्यवसायीका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद् भवन घेराउ गर्ने उनको चेतावनी छ । 

उनीहरूले मौद्रिक नीति परिमार्जन गर, ब्याजदरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायत प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार