युएईलाई हराउँदै कम्तीमा ओडिआई मान्यता जोगाउने सुरमा नेपाल

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– नेपालले आज युएईविरुद्ध आइसिसी क्रिकेट विश्वकप लिग– २ को महत्वपूर्ण खेल खेल्दैछ ।

यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बाट सुरु हुनेछ । घरेलु टोली नेपाल आज युएईलाई हराउँदै कम्तीमा एकदिवसीय (ओडिआई) मान्यता जोगाउने सुरमा हुनेछ ।

नेपाल अंक तालिकामा नेपाल पाँचौँ स्थानमा छ । नेपालले ३३ खेलमा ३४ अंक जोडेको छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।

नेपालले यदि युएईलाई हराउँदा ३६ अंकका साथ चौथो स्थानमा उक्लनेछ । बाँकी दुवै खेलमा पराजित भए पनि नेपाल शीर्ष पाँचमा रहने छ ।

यस्तोमा नेपालको ओडिआई मान्यता बच्नेछ ।

अर्कोतिर, लिगको शीर्ष तीनमा रहेमा नेपाल ओडिआई विश्वकपको छनोटमा जीवितै रहनेछ । यसर्थ, नेपालका लागि आजको खेल धेरै महत्वपूर्ण छ ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनको फराकिलो अन्तरले हराएको थियो । 

युएई भने ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । आज पराजित भए उसले ओडिआई मान्यता गुमाउने छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार