नेपालले गुमायो चौथो विकेट 

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– आइसिसी विश्वकप लिग– टू अन्तर्गतको सिरिजको अन्तिम खेलमा अहिले नेपालले घरेलु टोली युएईसँग खेलिरहेको छ । 

यसैबीच, नेपालले चौथो विकेट गुमाएको छ । कुशल मल्ल ३२ रनमा आउट भएका छन् । 

नेपालले ४.२ ओभरमा १४ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो । आसिफ शेख ६ रन बनाएर आउट भएका थिए ।

त्यसपछि लगातार ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल र कुशल आउट भएका हुन् । चौथो विकेट गुमाएँदा नेपालले १४.१ ओभरमा ५९ रन बनाएको थियो । 

अहिले क्रिजमा भीम सार्की र दीपेन्द्रसिंह ऐरी छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार