पारससम्मिलित एसिया लायन्सले इन्डिया महाराजसलाई हरायो

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग– २०२३ को पहिलो खेलमा इन्डिया महाराजसलाई हराएको छ ।

कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेसल क्रिकेट स्टेडियममा गएराति भएको खेलमा एसियाले इन्डियालाई ९ रनले हराएका हो ।

एक सय ६६ रनको विजयी लक्ष्य पछ्याएको महाराजसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रनमात्र बनायो । 

इन्डियाका कप्तान गौतम गम्भीरले हत सर्वाधिक ५२ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

नेपालका पूर्वकप्तान खड्का २ बलमा ३ रन बनाएर अविजित रहे । उनले आठौँ नम्बरमा ब्याटिङ गर्ने अवसर पाएका थिए ।

एसियाले अब सोमबर वल्र्ड जायन्ट्ससँग खेल्नेछ । एसियाका कप्तान पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी छन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ११:५१
प्रतिक्रिया दिनुहोस्