Nic Ad Nic Ad
Nic Ad Nic Ad

लेजेन्ड्स क्रिकेट लिगमा पारससम्मिलित टोलीको लगातार दोस्रो जित 

मंगलबार, फागुन ३०, २०७९

काठमाडौँ– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा वर्ल्ड जायन्ट्समाथि ३५ रनको जित हासिल गरेको छ ।

कतारमा जारी प्रतियोगिताअन्तर्गत गएराति जितका लागि १०० रनको विजयी लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रनमात्र बनाउन सक्यो ।

जायन्ट्का लागि क्रिस गेलले सर्वाधिक २३ रन बनाए ।

त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङ गरेकोे पाएको लायन्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनाएका थियो । प्लेयर अफ द म्याच चुनएका लायन्सका मिस्बाह उल हक ४४ रनमा अविजित रहेका थिए । 

नेपालका पूर्वकप्तान पारस टोलीको प्लेइङ ११ मा परेका थिए । तर, उनले ब्याटिङ र बलिङ दुवै गर्ने अवसर पाएनन् ।

भिजेको आउट फिल्डका कारण खेल १०–१० ओभरमा झारिएको थियो । यस्तै खेल निर्धारित समयभन्दा झण्डै तीन घण्टा ढिलो सुरु भएको थियो ।

लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले हराएको थियो ।

लगातार दोस्रो जितपछि लायन्सले शीर्ष स्थान कायमै राखेको छ ।

 
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्