युक्रेनका राष्ट्रपति र राष्ट्रसंघका महासचिवबीच खाद्यान्न निर्यातबारे छलफल

शुक्रबार, फागुन २६, २०७९

एजेन्सी– संयुक्त राष्ट्रसंघीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा बुधबर युक्रेनको किभमा भएको भेटवार्ताका क्रममा ‘ब्ल्याक सी’ हुँदै आएको निकासीलाई थप विस्तार गर्नुपर्नेमा सहमति भएको छ ।

उनीहरूका बीचमा बुधबार किभमा भेटवार्ता भएको र त्यस क्रममा युक्रेन र रुसका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्न तथा आवश्यक मलखादको निकासीको कामलाई रोक्न नहुने र यसले विश्वमा नै खाद्यान्न उत्पादनका क्षेत्रमा असर गर्ने बताइएको छ ।

यसअघि पनि ‘ब्ल्याक सी’ हुँदै खाद्यान्न तथा मदखादको निकासी पैठारीका लागि सम्झौता भएको र त्यसको म्याद सकिएको भन्दै अब आगामी दिनमा पनि त्यसलाई थप विस्तार गर्नुपर्ने बताइएको थियो ।राष्ट्रसंघीय महासचिव गुटरेसले सो भेटपछिको कुराकानीमा सो कुरा बताएका छन् ।

सो भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी भएको र सो सम्झौताको म्याद थपेर ‘ब्ल्याक सी’ हुँदै गरिने पारवहनको काममा निरन्तरता दिने सहमति भएको बताइएको छ ।

गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ । खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरूको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ । यसै विषयमा छफफलका लागि महासचिव गुटरेस बुधबार किभ पुगेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०५:५०
प्रतिक्रिया दिनुहोस्