भोट क्रस हुने सम्भावना छैन : माधव नेपाल

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग नेपालले जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताए ।

उनले नेताहरूले मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नेता नेपालले पार्टीमा नजोडिएका सांसदहरूले पनि आफ्नै मान्यताका आधारमा निर्णय गर्ने बताए ।

चौथो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचनको मतदान जारी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्