माओवादी पृष्ठभूमिका नेताहरूको अर्को बैठक २६ फागुनमा 

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– माओवादी पृष्ठभूमिका नेताहरूले बैठकलाई निरन्तरता दिने सहमति गरेका छन् । 

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेर संक्रमणकालिन न्यायका सन्दर्भ र माओवादी नेतृत्वमाथिको चुनौतीका बारेमा छलफल गरेका नेताहरूले फागुन २६ गते पुनः बैठक बसेर छलफल गर्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

सङ्क्रमणकालीन न्यायको विषयलाई चाँडो टुंगो लगाउन दबाब दिनका लागि पनि निरन्तर बैठकको आवश्यकता रहेको उनले बताए ।

‘माओवादी आन्दोलनमा जोडिएका नेताहरूको यो सुरुआती बैठक हो । अब यसलाई निरन्तरता दिने सहमति भएको छ’, ती नेताले भने । 

बैठकमा विभाजित भएका माओवादी घटकहरू एकजुट हुनुपर्ने विषयमा पनि छलफल भएको उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्