नेभिगेशन
समाचार

राष्ट्रपति निर्वाचन पछि ८ दलीय गठबन्धन थप विकसित हुन्छ : कांग्रेस महामन्त्री शर्मा

विराटनगर –नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति निर्वाचन ८ दलीय गठबन्धनको मुख्य मिलन बिन्दु रहेको बताएका छन् । 

तत्कालिन पाँच दलबीच गएको संघ र प्रदेश निर्वाचनमा गठबन्धन गरेर जाने सहमतिलाई फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन मार्फत थप विकसित गरेर लैजान मद्दत पुग्ने उनले बताए ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गराउन प्रदेश सभा सदस्यका लागि शुक्रबार विराटनगरमा आयोजित अभिमुखीकरण कार्यकममा बोल्दै शर्माले अबको राष्ट्रपतिले आफ्नो पदको गरिमालाई जोगाई राख्नुपर्ने धारणा राखे । त्यसका निम्ति पनि सही व्यक्ति छनोट गर्न आवश्यक रहेकोले राष्ट्रपतिको पदलाई दलहरुले धेरै महत्व दिनुपरेको उनको भनाइ छ ।

राष्ट्रपति पद सेरोमोनियल भएपनि गएको पाँच वर्षको कालखण्डमा व्यक्तिका कारण आलोचित बनेको शर्माले बताए ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार