नेभिगेशन
समाचार

प्रदेश १ को नाम ‘कोसी’ राख्न गरिएको प्रस्ताव स्वीकृत

विराटनगर–प्रदेश १ को नाम ‘कोसी’ राख्न गरिएको प्रस्ताव प्रदेश सभा बैठकले स्वीकृत गरेको छ । अब उक्त प्रस्तावको विषयमा प्रदेश सभामा छलफल हुने छ ।
एमालेका प्रदेश सभा सदस्य रामराना मगरले प्रस्ताव गरेको ‘कोसी प्रदेश’को प्रस्ताव प्रदेश सभामा ध्वनी मतले स्वीकृत भएको हो ।
उक्त प्रस्तावमा प्रदेश सभामा छलफल भएपछि मत विभाजनको आधारमा प्रदेशको नामाकरण टुंगो लाग्नेछ । 
प्रदेश १ प्रदेश सभाको आजकै बैठकले प्रदेशको नामकरण गर्नेछ । 
प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेश सभाको नामकरण हुन सकेको थिएन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार