निरन्तर ओरालो यात्रामा नेप्से, बुधबार पनि २४.४४ अंकले घट्यो

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– साताको चौथो दिन बुधबार पनि सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक २४ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से परिसूचक २४.३३ अंकले घटेर १९९५.४९ विन्दुमा कारोबार बन्द भएको छ ।

बुधबार १.२१ प्रतिशतले घटेको सेयर बजारमा ३७ लाख २९ हजार ९७६ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब २८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ३.१६ अंकले घटेको सेयर बजार बुधबार भने दोहोरो अंकले घट्यो । आजको कारोबारमा १८९ कम्पनीको सेयर मूल्य घटेको छ भने २० कम्पनीको सेयर मूल्य बढेको छ । ७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि आदर्श लघुवित्तले १० प्रतिशतको सर्किट लेभलको कारोबार गरेको छ । यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार बोटलर्स नेपाल लिमिटेडको सेयर मूल्य ९.६१ प्रतिशतले घटेको हो ।

आज अपर तामाकोसी जलविद्युत् कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ८ करोड ७३ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

एनआइसी एसिया ब्यालेन्स फन्डको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त फन्डको १ लाख ९७ हजार ४९० कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १ हजार ३२१ पटक कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्