नेभिगेशन
समाचार

प्रदेश १ प्रदेशसभा बैठक सुरु, आजै प्रदेशले नाम पाउने

विराटनगर– प्रदेशको नामकरणका लागि प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ ।

सर्वदलीय बैठकपछि कार्यव्यवस्था समिति बैठक बसेर प्रदेशसभा सुरु भएको हो ।

आजको बैठकले प्रदेशको नाम राख्ने छ । एमाले, कांग्रेसले प्रदेशको नाम ‘कोसी’ राख्न प्रस्ताव दर्ता गराएका छन् । 

त्यसैगरी, किराँत लिम्बुवान् सगरमाथा’ प्रदेश नामकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ ।

बैठकले प्रक्रियामा गएर प्रदेश १ को नाम टुंगो लगाउने छ । कोसी नाम राख्न एमालेसहित कांग्रेस माओवादी र राप्रपाका बीचमा सहमति भएको छ । सहमतिअनुसार प्रक्रियामा गएर नामको टुंगो लगाउने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार