नेभिगेशन
समाचार

प्रदेश १ नामकरण : विराटनगरमा निषेधाज्ञा जारी

 विराटनगर –प्रदेश १ को नामकरण गर्ने तयारी भएपछि हुन सक्ने सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ ।  

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रदेश १ को प्रदेशसभा नामकरणको प्रक्रिया सुरु भई टुंगो नलागेसम्म तथा नामकरण पछि पनि असहमत पक्षबाट हुन सक्ने सम्भावित विरोध, धर्ना, जुलुस, झडपलाई ध्याान दिँदै निषेधाज्ञा जारी गरिएको बताए ।

‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र माननीय मुख्यमन्त्रीज्यूको निवास वरपर मिति फागुन १७ गते दिउँसो ३ः ०० बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, ¥याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यो आदेश उल्लंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार