नेभिगेशन
समाचार
प्रदेश १ को नामकरण

एमाले र कांग्रेसको प्रस्ताव ‘कोसी’, माओवादी केन्द्र पनि सहमत [पत्रसहित]

विराटनगर– प्रदेश १ को नाम ‘कोसी’ राख्न नेपाली कांग्रेस र  एमालेले प्रस्ताव गरेका छन् ।

बुधबार नाम प्रस्ताव पेस गर्न दिइएको थप समयमा एमालेका प्रदेशसभा सदस्य राम रानामगरले नामसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका हुन् । रानामगरको प्रस्तावमा कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक छन् ।  

‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्,’ एमालले दर्ता गराएको प्रस्तावमा भनिएको छ । 

यसैबीच माओवादी केन्द्रले ‘कोसी’ नाममा सहमति जनाएको छ । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले ‘कोसी’ नाममा पार्टी सहमत रहेको र पक्षमा मत हाल्ने निर्णय गरेको बताए । 

यता, नेकपा (एकीकृत समाजवादी) र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

संसद् सचिवालयमा २ दलका सांसदले ‘किराँत लिम्बुवान् सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।

एकीकृत समाजवादीका सांसद पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेका छन् ।

एमालेको प्रस्ताव

kosji name1677655619.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार