नेभिगेशन
समाचार

प्रदेश १ को नामकरण प्रस्ताव पेश गर्न २ घन्टाको समय [सूचनासहित ]

विराटनगर –प्रदेश १ को नामकरणसम्बन्धी प्रस्ताव पेश गर्न २ घन्टाको समय दिइएको छ ।

नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई प्रस्ताव पेस गर्न बिहान १० बजेदेखि १२ बजेसम्म प्रस्ताव पेश गर्न प्रदेश सभा सचिवालयले सूचना टाँस गरेको छ ।

प्रदेश १ को प्रदेशको बैठक बुधबार बस्दैछ । बैठकमा नामाकरण प्रस्ताव पेश गरिने कार्यसूची छ । यसका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रदेश न१ का प्रदेशसभा सदस्यहरूलाई १०ः०० बजे देखि १२ः०० बजेसम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिएको छ ।

334280391_883704272853743_3940058867967163975_n-e16776469137781677647644.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार