नेभिगेशन
समाचार

राप्रपाले प्रदेश १ सरकार नछाड्ने

विराटनगर –राप्रपाले प्रदेश १ सरकारबाट नबाहिरिने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि राप्रपा केन्द्रीय समितिले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरे पनि प्रदेश १ समितिले तत्काल तत्काल सरकार नछाड्ने निर्णय गरेको हो ।

प्रदेश १ मा विशिष्ट परिस्थिति भएका कारण तत्काल सरकार नछाड्ने निर्णय भएको राप्रपा प्रदेश १ अध्यक्ष राम थापाले बताए । वर्तमान अवस्थामा सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले राजीनामा नदिने उनले बताए । प्रदेश सरकारमा राप्रपाबाट भक्ती सिटौला मन्त्री छन् । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमाले र राप्रपा एक ठाउँमा छन् । ४० सिट जितेको एमाले र ६ सिट जितेको राप्रपाको सांसद संख्या ४६ पुग्छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जसपाको सांसद संख्या पनि (सभामुख बाहेक) ४६ नै पुग्छ ।

सभामुख बाहेक दुवै पक्षको ४६–४६ संख्या भएका कारण प्रदेशमा सरकार परिवर्तन सहज छैन । 

माओवादी केन्द्रले पनि प्रदेश १ वर्तमान सरकार छाडेको छैन । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेशमा तत्काल सरकारबाट बाहिरिने विषयमा नसोचिएको बताउँछन् । 

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ सांसद छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार