नेभिगेशन
समाचार

जसपा प्रदेश १ को अध्यक्षमा याक्खा

विराटनगर–जनता समाजवादी पार्टीको प्रदेश १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् ।

प्रदेश कार्यालय इटहरीमा मंगलबार बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । उनी यस अघि समितिको उपाध्यक्ष थिए ।

सोमबारदेखि जारी बैठकमा सोमबार पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायतले प्रशिक्षण दिएका थिए ।

पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरू गठन, पुनर्गठन र अभिलेख संकलनको कार्यलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार