आईसीसी यू–१९ विश्वकपको एसिया छनोट : नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले कुवेतलाई ३४४ रनको विशाल लक्ष्य दिएको छ ।

ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको हो ।  

ओपनर कुमालले ११२ बलमा १२ चौकाको सहयोगमा १०८ रन बनाएर आउट भए । यस्तै, देव खनालले १०५ बलमा सतक प्रहार गरे । उनले ८ चौका र १ छक्काको सहयोगमा ११७ बलमा १२५ रन बनाएर आउट भएका हुन् ।  

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ । चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसँग अन्तिम खेल खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकपका लागि छनोट हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्