दुई खेलमा शतप्रतिशत जित निकालेको नेपाल आज हङकङसँग खेल्दै

सोमबार, फागुन १५, २०७९

काठमाडौँ–  युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्दैछ । 

दुई खेलमा शतप्रतिशत जित निकालेको नेपालले आफ्नो तेस्रो खेलमा आज हङकङको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ । 

नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो । यसर्थ, नेपाल आज लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

नेपाल २०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएई पुगेको छ । 

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता छ । 

यीमध्येको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

नेपालको कप्तानी देव खनालले गरिरहेका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्