नेपाल समाजवादी पार्टीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई मत दिने

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ । 

नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको नेता विश्वदिप पाण्डेले जानकारी दिए ।

यस्तै नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ । 

नेसपासँग २५४ मतभार छ । नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् ।
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्