संघ र प्रदेश सरकारबाट राप्रपा बाहिरियो [विज्ञप्तिसहित]

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले  संघ र प्रदेश दुबै सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई देश पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।

‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ बैठक पछि राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी छ । पार्टी अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान तथा ऊर्जा मन्त्री छन् ।

RPP (1)1677301077.jpg

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्