नेभिगेशन
समाज विविध

खानेपानी समस्या समाधानको योजना पेस गर्न माग

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा खानेपानीको भयावह अवस्थाको अन्त्य गर्न सरकारको योजना संसदमा पेस गर्न माग गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पौडेलले सरकारले काठमाडौँ उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न बनाएको योजना संसदमा पेस गर्न माग गरेका हुन् । 

उनले ‘खानेपानी राज्यको अभिभारा, १ घर १ धारा’ नारा भए पनि काठमाडौँ उपत्यकाका करिब ६५ प्रतिशत घरका धारामा पानी नआउने बताए । सरकारले पानी नआउने धारा राखेबापत शुल्क भने नियमित लिइरहेको बताउँदै उनले काठमाडौँमा धेरै जमिनमुनिको पानी र ट्यांकरको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको जनाए । 

पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेका कारण ५० प्रतिशत चुहावटमा रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध