आकस्मिक बिदाका दिन पनि बैंक तथा वित्तिय संस्था खुल्ने

शुक्रबार, फागुन १२, २०७९

काठमाडौ–आकस्मिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै आकस्मिक बिदाका दिन पनि बैंक खुल्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ । यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ । यस बेला बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सूचारु गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्