स्वास्थ्यमन्त्री गिरी स्विट्जरल्यान्ड प्रस्थान

बुधबार, फागुन १०, २०७९


काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् ।

स्विट्जरल्यान्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गएराति त्यसतर्फ गएका हुन् ।

सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ ।

मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका हुन् ।

मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्