नेभिगेशन
समाचार

प्रदेश १ को नाम सगरमाथा राखौँ– डोल्मा तामाङ

काठमाडौँ– नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डोल्मा तामाङले प्रदेश १ को नाम सगरमाथा राख्न प्रस्ताव गरेकी छिन् ।

कांग्रेस संसदीय दलको तर्फबाट हालैको बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन् ।

‘संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, सगरमाथाको देश भनेर चिनिएको नेपालमा प्रदेशको नाम राख्न हामी किन पछि परिरहेको छौं,’ तामाङले भनिन्, ‘यो निर्णय गर्दा सबैको शिर उँचो हुन्छ । इज्जत पनि बढ्छ ।’ 

अरु सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसक्दा शिर झुेकेको उनको भनाइ थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार