इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार दाहाल र वाग्लेलाई

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा) ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकारद्वय मात्रिका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो । 

विसं २०६४ देखि पत्रकारिता सुरु गरेका दाहालले सुशासनरसार्वजनिक प्रशासन, आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउँदै आएका छन् । उनी दिव्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिक हुँदै कारोबार दैनिक, नागरिक दैनिक र हाल कान्तिपुर दैनिकमा कार्यरत छन् । 

पन्ध्र वर्षदेखि नेपाली पत्रकारितामा क्रियाशील वाग्लेले महिलामाथि हुने विभेद र सार्वजनिक प्रशासन लगायतका विषयमा कलम चलाउँदै आएकी छन् । उनी राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका हुँदै हाल आइएनएस डट कममा कार्यरत छिन् ।
 
उनीहरूलाई जनही  ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार इन्जा स्थापना दिवस मार्च १ अर्थात यही फागुन १७ गते प्रदान गरिने सचिव दीपक रिजालले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  २२:०२
प्रतिक्रिया दिनुहोस्