भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागी

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ –नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दुगड ब्रदर्श एण्ड सन्स् प्रालिद्वारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा सहभागिता जनाएको छ । सर्भिस क्याम्प ८ माघदेखि ३ फागुनसम्म काठमाडौँ उपत्यका भरीका ६ वटा स्थानमा रहेको  भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा भएको थियो ।  

दुगड ब्रदर्श एण्ड सन्स् प्रालिद्वाद्वारा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरूलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरिएको थियो । गल्फ लुब्रिकेन्ट्स भेस्पा र अप्रिलिया स्कुटरको निमित्त आधिकारिक ल्युव पार्टनर रहेको छ ।

क्याम्पमा सहभागी १८०० भन्दा धेरै ग्राहक मध्ये ६ जना भाग्यमानी ग्राहकलाई नेपाल ल्युव आयल (गल्फ लुब्रिकेन्ट्स) को तर्फबाट लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिएको थियो । 

 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्