बीवाईडी गाडीमा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने

आइतबार, फागुन ७, २०७९

काठमाडौँ –बीवाईडीका विद्युतीय गाडी खरिदकर्ताले एभरेष्ट बैंकका सबै शाखाबाट फाइनान्स सुविधा पाउने भएका छन् । 

बीवाईडीको नेपालका लागि अधिकृत बिक्रेता साइमेक्स इन्क पालि र एभरेष्ट बैंकबीच यससम्बन्धी सम्झौता भएको हो । 

योसँगै खरिदकर्ताले बैंकबाट बीवाईडी गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउनेछन् । 

यो साझेदारीले सात वर्षसम्मका लागि विशेष प्रतिस्पर्धी ब्याजदरमा सहज फाइनान्स सुविधा पाउने बीवाईडीले जनाएको छ ।

यसको अर्थ ग्राहकले २० प्रतिशत मात्रै डाउनपेमेन्ट गर्नुपर्नेछ । यसो हुँदा भर्खरै सार्वजनिक भएको अट्टो ३ पनि ग्राहकले १२.९८ लाख रुपैयाँमा खरिद गर्न सक्नेछन् भने ई ६को लागि ११.८० लाख तिरे पुग्नेछ । 

एभरेष्ट बैंकले इच्छुक सवारीधनीलाई ७ कार्यदिनभित्रै ऋणको व्यवस्थापन गर्नेछ। ऋण प्रक्रियाको शुल्कमा समेत छुट मिल्ने जनाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार