एभरेष्ट बैंक र क्विक फक्सबीच सम्झौता

आइतबार, फागुन ७, २०७९

काठमाडौँ –एभरेष्ट बैंकले आफ्ना विभिन्न बैंकिङ सेवालाई स्वचालित गर्न क्विक फक्स कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको छ । 

योसँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बैंकले जनाएको छ ।

 ‘एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आप्mनो अटोमेसनको यात्रा सुरु गरेको हो’, बैंकले भनेको छ । 

बैंकले प्रदान गर्ने सेवाहरूमा रहेका अधिकांश प्रक्रियाहरू दोहोरिने, प्रक्रियागत रूपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरू समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्य समेत ढिलो र त्रुटिपूर्ण हुनसक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको बैंकले जनाएको छ ।  

बैंकका हालसम्म १३ लाखभन्दा बढी ग्राहक छन् । देशैभर बैंकका १२३ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ उपलब्ध छन् । त्यस्तै ३० वटा राजस्व संकलन केन्द्रमा पनि बैंकले सेवा दिएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्