माघसम्ममा बैंक : निक्षेपमा रावा र कर्जामा नबिल अग्रस्थानमा

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– सरकारी लगानीको राष्ट्रिय वाणिज्य (रावा) बैंक र निजी क्षेत्रको लगानी रहेको नबिल बैंकले निक्षेप संकलन र कर्जा लगानी तथा सापटीमा अग्रस्थान बनाएका छन् ।

नेपाल बैंकर्स संघले दिएको तथ्यांकले यस्तो देखाएको हो । करिब शतप्रतिशत सरकारी लगानी रहेको रावा बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निक्षेप संकलनमा उल्लेख्य प्रगति गरेको छ ।

यस्तै, सोही अवधिमा सबैभन्दा बढी कर्जा लगानी बढाउनेमा नबिल बैंक अग्रस्थानमा छ ।

रावा बैंकले गत माघ मसान्तसम्ममा २ खर्ब ९२ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको छ । गत असार मसान्तमा सो बैंकसँग २ खर्ब ५६ अर्ब रूपैयाँ निक्षेप थियो ।

रावा बैंकले गत असार मसान्तको तुलनामा माघ मसान्तमा निक्षेप संकलन ३६ अर्ब रुपैयाँले बढाएको छ ।

कर्जा तथा लगानीमा भने नबिल बैंकको प्रगति सबैभन्दा राम्रो छ । माघ मसान्तसम्ममा नबिल बैंकले ३ खर्ब २३ अर्ब रूपैयाँ कर्जा तथा लगानी गरेको हो । 

गत असार मसान्तमा नबिल बैंकले ३ खर्ब ९ अर्ब रूपैयाँ कर्जा तथा लगानी गरेको थियो । चालु आर्थिक वर्षमा नबिलले कर्जा तथा लगानी १४.६५ अर्ब रुपैयाँले बढाएको छ ।

निक्षेप संकलनमा पनि नबिल बैंक दोस्रो स्थानमा छ । नबिलले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निक्षेप संकलन ३०.८८ अर्बले बढाएर ३ खर्ब ६० अर्ब रूपैयाँ पु¥याएको छ ।

गत असार मसान्तमा नबिल बैंकको निक्षेप ३ खर्ब २९ अर्ब रूपैयाँ थियो ।

deposite-magh 20791676636852.JPG

कर्जा तथा लगानीमा भने एनआइसी एसिया बैंक दोस्रो स्थानमा छ । एनआइसी एसियाले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कर्जा तथा लगानी १३.९४ अर्बले बढाएर २ खर्ब ८२ अर्ब रूपैयाँ पु¥याएको छ ।

गत असार मसान्तसम्ममा एनआइसी एसियाले २ खर्ब ६८ अर्ब रूपैयाँ कर्जा लगानी गरेको थियो ।

यद्यपि, यो अवधिमा नबिल बैंकले एनबी बैंक एक्वायर गरेको छ भने एनआइसी एसिया बैंकले कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वायर गरेको छैन । 

lendin-magh 20791676636878.JPG

अहिले सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकले ४७ अर्ब ४१ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूले संकलन गरेको यो निक्षेप ७ महिनामा २५ अर्बले बढेको हो ।

गत असार मसान्तमा वाणिज्य बैंकहरूले ४५ खर्ब ४१ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका थिए ।

यस्तै, कर्जा तथा लगानी भने ११.८२ अर्बले बढेको छ । गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले गरेको कर्जा तथा लगानी ४१ खर्ब ७४ अर्ब रूपैयाँ थियो भने गत माघ मसान्तमा बढेर ४२ खर्ब ९० अर्ब रूपैयाँ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्