एनटर्कले पायो २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सको उत्पादन टिभिएस एनटर्क रेस एक्सपी २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ ।

१२५ सिसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकामा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो । 

स्कुटर उद्योगमै पहिलो पटक भोइस असिस्ट फिचर ल्याएर टिभिएसले उद्योगमा एउटा नयाँ छाप छाड्न सफल भएको छ ।

यसमा भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचर उपलब्ध छन् ।

योे भोइस असिस्ट फिचरलाई टिभिएस स्मार्ट कनेक्ट ब्लुटुुथ कनेक्टिभिटीले सपोर्ट गरेको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल इन्जेक्सन ९आरटी–एफआई० इन्जिनले ५५०० आरपिएमका साथ १०।२ पिएसको पावर र १०।८ एनएमको टर्क जेनेरेट गर्छ । ३ वल्व सिभिटिआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमी प्रतिघन्टा छ ।  

एनटर्क १२५ रेस एक्सपीमा दुइटा ड्राइभ मोड (स्ट्रिट मोड र रेस मोड) उपलब्ध छ । ट्राइ टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टी लुक दिएको छ । त्यस्तै यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र डबल स्टिच्ड हिस्टेरेसिस सिटले यस स्कुटरलाई आरामदायी पनि बनाएको कम्पनीको दाबी छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्