२१ दशमलव १५ अंकले घट्यो नेप्से परिसूचक

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ –सेयरबजारमा बिहीबार पनि गिराबट आएको छ । यो साता लगातार गिरावट भइरहेको सेयरबजारमा बिहीबार पनि परिसूचक घटेको छ ।

साताको अन्तिम कारोबार दिन पनि बजार परिसूचक नेप्से २१ दशमलव १५ अंकले घटेको हो । योसँगै नेप्से २०७० दशमलव ४१ विन्दुमा झरेको छ । यस दिन १५ वटा कम्पनीको मात्रै सेयर बढ्दा १९७ वटाको घटेको र ४ वटाको उही मूल्यमा कारोबार भएको छ । 

२५६ कम्पनीको ४७ लाख कित्ता सेयर बिक्री भएको छ भने १ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, लगानीकर्ताले ७ दशमलव ६५ प्रतिशतसम्म कमाएका छन् भने ५ दशमलव ९१ प्रतिशतसम्म गुमाएका छन् । 

त्यस्तै हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ३८ लाखको सेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्