‘मेरो डिजिटल देश’ चिनाउन युएई जाँदै स्वस्तिमा

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनी ट्रान्सफरको ब्रान्ड फेस स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स (युएई) जाने भएकी छिन् ।

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजनाअन्तर्गत अल अन्सारी एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ मा (आगामी शनिबार) युएई जान लागेकी हुन् । 

खड्का शनिबार साँझ ५ बजेदेखि साढे ६ बजेसम्म अल खाइल मल शाखामा, १९ फेब्रुअरी आइतबार दिउँसो २ देखि ३ बजेसम्म सेन्ट्रल मल शाखामा रहने बताइएको छ । 

यस्तै १९ फेब्रुअरीकै दिन दुबईस्थित अल घुराइर मलमा आयोजना हुने विशेष कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ । त्यहाँ खड्काले ४ देखि साँझ ७ बजेसम्म डिजिटल रेमिट्यान्सबारे छलफल र नेपालीहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । 

सोमबार आबुधाबीस्थित हमदान शाखामा दिउँसो ४ बजे देखि ५ बजेसम्म स्वस्तिमाले रेमिट्यान्सबारे छलफल गर्ने बताइएको छ । अल अन्सारी एक्सचेन्ज युएईको सबैभन्दा ठुलो  रेमिट्यान्स कम्पनी हो ।

इसेवाले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ योजनाले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेटमार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरूलाई विभिन्न उपहार समेत दिइरहेको छ ।

यस योजनाअन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने १ जनालाई काठमाडौँमा घरसमेत दिने योजना इसेवाले अघि सारेको छ ।

अभिनेत्री खड्काले यो योजनाअन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहेका नेपाली भेट्न आफू निकै उत्साहित रहेको बताएकी छिन् । 

युएईमा आफूले सकेसम्म धेरै नेपालीसँग भेट्ने आकांक्षा रहेको बताउँदै स्वस्तिमाले कार्यक्रममा सहभागी हुन युएईमा रहेका सम्पूर्ण नेपालीलाई अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्