नेपालले टर्की र सिरियामा पठायो २२ टनभन्दा बढी राहत सामग्री

सोमबार, फागुन १, २०७९

काठमाडौँ– नेपाल सरकारले टर्की र सिरियामा हालै गएको भूकम्पबाट प्रभावित क्षेत्रमा औषधि, न्यानो कपडासहित अन्य आधारभूत राहत सामग्री पठाएको छ।

भूकम्पबाट प्रभावित क्षेत्रमा औषधी, न्यानो कपडासहित २२ टनभन्दा बढी आधारभूत राहत सामग्रीको पहिलो खेप आज टर्कीस एअरलाइन्समार्फत् पठाइएको हो । 

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार उक्त आधारभूत राहत सामग्री विभिन्न सरकारी निकाय, मानवीय क्षेत्रमा काम गर्ने संघ–संस्था र निजी क्षेत्रको सहयोगबाट संकलन गरिएको हो ।

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ । 

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन् । उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन् ।

nepal turkey aid cnnnepal1676297710.jpg

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार