भ्यालेन्टाइन डेमा एनआईसी एशियाले ल्यायो अफर
काठमाडौँ –एनआईसी बैंकले फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा अफर ल्याएको छ ।
आफ्ना ग्राहकहरूका लागि बैंकले ‘सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको हो ।
जुन योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो ।
२८ माघदेखि १ फागुन अर्थात ११ फेब्रअरीदेखि १३ फेब्रुअरीसम्म सञ्चालन हुने यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा बैंकद्वारा राखिएको क्युआर कोड तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहक ग्राहकलाई १४ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यास ब्याक उपलब्ध हुने जनाएको छ ।
साथै बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेन्टाइन डेको दिन अर्थात् २ फागुनमा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाइएको बैंकले जनाएको छ ।
काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनोट हुने ग्राहकहरूका लागि उनीहरूलाई पायक पर्ने नजिकैको तारे वा सोसरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने पनि बैंकले जनाएको छ ।
यस योजनामा मोबाइल बैंकिङ एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा सोही बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने मान्यता नदिइने बैंकले जनाएको छ ।