व्याजदर घट्ने दिशामा छ : राष्ट्र बैंक

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले कर्जाको व्याज घट्न थालेको बताएको छ । बजारमा तरलता वृद्धि हुँदै गएको र राष्ट्र बैंकले नीतिगत दर पनि कम गरेकोले कर्जाको व्याजदर घट्ने दिशामा गएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षा सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले कर्जाको व्याजदर घट्ने दिशामा गएको बताए ।

‘बजारमा तरलता उपलब्धता बढेर गएको छ, राष्ट्र बैंकले पनि नीतिगत दर कम गरेको छ, यसले गर्दा व्याजदर घट्ने दिशामा जान्छ भनेर विश्वास गर्न सकिन्छ,’ कार्यकारी निर्देशक डा. श्रेष्ठले भने ।

नेपाल राष्ट्र बैंकले ओभर नाइट तरलता सुविधा दर ७ प्रतिशत बनाएको छ । यसअघि यस्तो दर ८.५ प्रतिशत थियो । राष्ट्र बैंकले साढे १ प्रतिशतले तरलता सुविधा दर कम गरेपछि बैंकहरुको स्रोतको लागत कम हुने र व्याजदर घट्ने अपेक्षा राष्ट्र बैंकको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्