यी हुन् राष्ट्र बैंकले एकीकृत निर्देशनमा गरेका प्रमुख ११ परिवर्तन

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै प्रमुख ११ वटा परिवर्तन गरेको छ । राष्ट्र बैंकले माघ २६ गते साझ संशोधित एकीकृत निर्देशन सार्वजनिक गरेको थियो ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीको लागि सार्वजनिक सुचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तै, ब्याज पुँजीकरण सम्बन्धी व्यवस्थामा परिमार्जन गरी आवश्यकता एवं औचित्यका आधारमा बैंक तथा वित्तीय संस्थाले व्याज पुँजीकरण गर्न पाइने व्यवस्था गरिएको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको रेमिटान्स बचत खातामा बैंक तथा वित्तीय संस्थाका तर्फबाट जम्मा गरिउको प्रतिखाता १ सय रुपैयाँसम्मको खर्च रकमलाई संस्थागत सामािजक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च व्यहोर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तो छ परिवर्तन भएको नयाँ व्यवस्थाहरु

change1676009591.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्