माछापुच्छ्रेका ग्राहकलाई २ वटा अस्पतालमा विशेष छुट

बुधबार, माघ २५, २०७९

काठमाडौँ–माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसँग सम्झौता गरेको छ । 

बैंकले आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापश्चात् बैंकका ग्राहकले भक्तपुरमा रहेको भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोग सम्बन्धि सुविधा लिँदा १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । 

त्यस्तै, काठमाडौंको वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने सेवामा ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । 

सम्झौताअन्तर्गत भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजी ल्याबलगायत सेवाको शुल्कमा उक्त छुट प्रदान गर्ने बताइएको छ ।

त्यस्तै, चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरू वेड, एम्बुलेन्स, औषधि तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्यूनतम पाँचदेखि बढिमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्  ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्