चुचेपाटीमा खुल्यो याडिया नेपालको नयाँ शोरुम

मंगलबार, माघ २४, २०७९

काठमाडौँ –कुजु नेपाल प्रालि नेपालका लागि याडिया ब्रान्डको ई–स्कुटरको आधिकारिक वितरकले चाबहिलको चुचेपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।  शोरुमको सोमबार काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष भुवन तामाङले उद्घाटन गरेका हुन् । 

विद्युतीय २ पाङ्ग्रे सवारीसाधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले नेपालमा निरन्तर विभिन्न मोडेलका प्रिमियम ई–स्कुटर बिक्री गर्दै आफ्ना बिक्री र बिक्रीपछि स्तरीय सेवालई निरन्तरता दिँदै आएको छ ।

कुजु नेपाल प्रालिले पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा डिलर नेटवर्कहरु स्थापित गरिसकेको र साथै थप सुविधा उपलब्ध गराउन चुच्चेपाटी, चाबहिलमा नया शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

अझै नयाँ र वृहत् सेवाहरू उपभोक्तामाझ पु¥याउन कम्पनी केन्द्रित भएर बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको छ । 

याडिया नेपालले आफ्नो विश्वव्यापी प्रिमियम मोडल लिएर नेपालमा आफ्नो उपस्थिति स्थापित गरेको छ ।  

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्