प्रभु बैंक र हिमालय दृश्य रिसोर्टबीच छुट प्रदान गर्ने सम्झौता

मंगलबार, माघ २४, २०७९

काठमाडौँ –प्रभु बैंक लिमिटेड र धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका तर्फबाट सहयोगी निर्देशक बबिता पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र रिसोर्टबीच भएको सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरूले हिमालय दृश्य रिसोर्टद्धारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशतका छुट प्राप्त गर्नेछन् ।

सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा, हिमालय दृश्य रिसोर्टका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्