गण्डकी प्रदेश सभाको बैठक बस्दै

मंगलबार, माघ २४, २०७९

काठमाडौँ –गण्डकी प्रदेश सभाको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची छ ।

गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । उक्त विधयेक मंगलबार कै बैठकबाट पारित गरिने जनाइएको छ ।

प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्