नेभिगेशन
समाज विविध

मनोज पाण्डेलाई ७ वर्ष जेल !

काठमाडौँ– सौन्दर्य प्रतियोगिताको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका मनोज पाण्डेलाई काठमाडौँ जिल्ला अदालतले मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई कैदसहित र ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाएको हो ।

यसअघि उनलाई बालयौन दुव्र्यवहारमा ६ महिना कैद र ५० हजार जरिमाना तोकिएको थियो ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको घटना गत जेठ ४ मा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

६ महिनापछि घर फर्किए टिंकरवासी

हुलाकी सडकले फेरेको नरैनापुर